संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ। बुधबार बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। सांसदहरुले उठाएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीज्यूले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  आकसिमक उडानका लागि काठमाडौंबाहेक ४ बिमानस्थललाई अनुमति