परराष्ट्र मन्त्रालयद्वारा २४ हजार १ सय ४८ जनालाई मात्र फर्कन पाउने सिफारिस

नेपाल फर्कन चाहनेहरू कुल ५० हजार ९३ जना 

काठमाडौं।  विभिन्न मुलुकबाट कोरोना भाइरसको संकटका कारण नेपाल फर्कन चाहनेहरू कुल ५० हजार ९३ जना रहेको छ। उनीहरुको निवेदन प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले २४ हजार १ सय ४८ जनालाई मात्र फर्कन पाउने सिफारिस गरेको छ। भिसा अवधि सकिएका, श्रम करार सकिएको, तालिम तथा भ्रमणमा गएका, काजकिरियामा आउनुपर्ने, बिरामी तथा वृद्धवृद्धा तथा अशक्त रहेका र आममाफी पाएर फर्कन खोजेकालाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले फर्काउन लागेको हो।

“सोही क्रममा आज कुवेतबाट तीन सय जना नेपाली नेपाल फर्कँदै”

सोही क्रममा आज कुवेतबाट तीन सय जना नेपाली नेपाल फर्कँदैछन्। सबैभन्दा बढी युएईबाट १७ हजारले फर्कन निवेदन दिएका छन्। तर सरकारले ४ सय १० लाई फर्कन सिफारिस गरेको छ। कुवेतबाट ७ हजार ९ सय भन्दा बढीले फर्कन निवेदन दिएपनि करिव तीन हजारले फर्कने स्वीकृति पाएका छन्। साउदी अरबको रियादबाट छ हजारमध्ये करिब दुई हजार फर्कन सिफारिस भएका छन्।

“विभिन्न मुलुकबाट ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी”

पहिलो चरणमा विभिन्न मुलुकबाट ३१ वटा जहाजको फ्लाइटले विदेशमा अलपत्र नेपाली फर्काउने तयारी छ। जस अनुसार युएइ, मलेसिया, कुवेत, साउदीको रियाद, कतार, अमेरिका र बेलायतबाट दुई/दुई वटा उडान हुनेछ। अन्य देशबाट एक/एक फ्लाइट हुनेछ पहिलो चरणमा पाँचदेखि सात वटा जहाज उडानबाट आउने नेपालीको सहज व्यवस्थापन गरिने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीलाई विपक्षीको आग्रह— बहुमतको सरकार गठन प्रक्रिया थालियोस्

त्यसपछि दोस्रो चरणमा परराष्ट्र मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगको समन्वय र प्राथमिकतामा उडान हुने बताइएको छ। अन्य उडान भने परराष्ट्र र नागरिक उड्डयनको समन्वयमा उडान तय हुने बताइएको छ।