सलाम एयरले ओमानबाट  नेपाली ल्याउने, क्वारेन्टाइनमा नबसी घर जान पाइने

योगेन्द्र योगी
दोहा। ओमानमा कोरोनाबाट प्रभावित नेपालीलाई प्राथमिकतामा आधारमा नेपाल पठाइने भएको छ। जुन १५ अर्थात असार १ गते सलाम एयरले नेपाली लिएर नेपाल जाने ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

समस्यामा परेका नेपालीलाई लिएर असार १ गते सलाम एयर नेपाल जाने छ भने फर्कने नेपाली आफैँले टिकट काट्नुपर्ने एक सूचना जारी गर्दै दूतावासले जनाएको छ।

दूतावासका अनुसार नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कन चाहने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन समेत अनुरोध गरेको छ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एयर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

अन्य सम्बन्धित समाचार:  बूढानीलकण्ठमा तिन दलको छलफलः महन्थ र माधवले ओलीलाई सघाएको निष्कर्ष

नेपाल फर्कने नेपालीका लागि सलाम एयरले ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार एक सय ६ रुपैयाँ भाडा तोकिएको छ।

पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरू नेपाल आएर क्वारेन्टाइनमा बस्न नपर्ने र सिधै घर जान पाइने दूतावासले जनाएको छ।