जुम्लामा १८ जनाले कोरोना जितेर फर्किए

देवी कृष्ण अधिकारी, जुम्ला।
जुम्लामा १८ जना संक्रमितले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्। कोरोना जितेर फर्कनेहरुमा जुम्ला हिमा गाउँपालिकाका चार जना, सिंजा गाउँपालिका छ जना, जुम्लामा कार्यरत सुरक्षाकर्मी पाँच जना र तीन जना स्वास्थ्यकर्मी रहेका छन्।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगाएतका सरोकारवाला निकाय प्रमुखहरुले खादा र मालाले विदाई गरेका छन्। उनीहरुलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावाधानीका लागि ध्यान दिने विषयमा प्रतिष्ठानका विशेषज्ञ डा.धिरज गुरुङले सावाधानीको बिषयमा सुझाव दिनुभएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा तीन मन्त्री नियुक्त

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सवैलाई बधाई दिदै अझै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ईतिहासले नायक बनाउने हौसला दिए। प्रतिष्ठानमा अन्य संक्रमितको पुन पिसिआर परीक्षणको आधारमा घर पठाईने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरुले खुशी व्यक्त गरेका छन्।