ललितपुरको गोदावरीमा २५ वर्षीय युवक मृत भेटिए

ललितपुर। गएराति ललितपुरको गोदावरी नगरपालिका स्थित टौखेलमा २५ वर्षीय अमित शाही मृत भेटिएका हुन्। महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले घटनाबारे अनुसन्धान भइरहेको बताए। मृतकको घाँटी र हातमा चोट रहेको कारण हत्या हो या हैन भन्ने परीक्षणपछि मात्रै खुल्ने प्रहरी अधिकृतहरु बताउँछन्। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।

अन्य सम्बन्धित समाचार:  पाँच सय ५० जना पत्रकार कोरोना संक्रमित, ७ को निधन