बाबुले छोराको हत्या गरे

रुपन्देही।

बाबुले आफ्नै छोराको हत्या गरेका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको वडा नम्बर १ का सचिव बिर्ख बहादुर पुलामीले जानकारी दिए। मंगलबार राती काकाको घरको  छतमा सुतेका सुदिपलाई राती १ बजेतिर छतमै गई हत्या गरेको पुलामीले बताए। बन्चरो प्रहार बाट टाउको र मुखमा गम्भीर चोट लागेका सुदिपको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। हत्यामा संलग्न रिम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनीः राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता जेठ ४ मा