टिप्पर दुर्घटना हुँदा ३६ जना कर्णाली नदीमा बेपत्ता

दैलेख। कालिकोट जिल्ला रास्कोट नगरपालिकाको टिप्पर लालीघाटमा दुर्घटना हुँदा ३६ जना कर्णाली नदीमा बेपत्ता भएका छन्। भारतबाट आएका रास्कोट नगरपालिकाका नागरिकलाई लालीघाटदेखि रास्कोटसम्म पुर्‍याउन टिप्पर गन्तब्यतिर जाँदै थियो ।

स्थानिय नागरिककाका अनुसार गाडी चालक र क्वारेन्टाईनमा बस्नका लागि रास्कोटतर्फ जाने नागरिकहरुबीच झडप भएको थियो।यात्रामा रहेकाहरुले सवारी चालकलाई धम्काएका कारण तनावमा रहेका चालकले नियन्त्रण गुमाएको आशंका गरिएको छ। उनीहरुले चालकलाई धम्काएर कुटपीट समेत गरेका थिए।

नेपाल आर्मी, जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। बेपत्ता मध्ये चार जनाको शव स्थानीयले सडक छेउमै ल्याइसकेका छन्। अन्य ३२ जना कर्णाली नदीमा बेपत्ता छन्। विस्तृत विवरण आउन भने बाँकी रहेको छ।

अन्य सम्बन्धित समाचार:  यार्सा संकलन गर्न गएका पुरुषको मृत्यु