राष्ट्रिय एकताप्रति राजनीतिक दलहरुको भूमिका प्रशंसा योग्य- प्रधानमन्त्री

काठमाडौं। राष्ट्रियताको सबालमा सिंगो संसद एक भएर उदाहरण प्रस्तुत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको विषयमा संविधान संशोधन कुनै एकले मात्र जस लिने विषय नभएको उनको विचार थियो।

जनतालाई हानी नगर्ने विषयमा र अन्य कुरामा मतभेद भए पनि राष्ट्रियताको विषयमा एक भएको कुरा विगतदेखि नै देखिएको उनको भनाई थियो।

राष्ट्रिय एकताप्रति राजनीतिक दलहरुको भूमिकाको प्रशंसा

राष्ट्रिय एकताप्रति राजनीतिक दलहरुको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा बजेट केन्दित रहेको बताए।

कोरोनाबाट सबै क्षेत्रमा असर परेको भन्दै प्रयासहरु शतप्रतिशत ठिक नभए पनि प्रयास प्रभावकारी भएको जिकिर गरे। महामारीको विषयलाई दलीय हिसाबले मात्र नभई मानवीय हिसाले हेर्न आग्रह गरे।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पौडेलद्वारा आइशोलेसन संख्या वृद्धि गर्न आग्रह