कालिकोटमा टिप्पर कर्णालीमा खस्यो २ को मृत्यु ३० बढी बेपत्ता

देवी कृष्ण अधिकारी, जुम्ला।

कालिकोटको लालीघाटमा करिब ३९ जना सवार टिपर नदिमा खसेको छ। भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिपर कर्णालीमा खसेको हो। दुर्घटनामा २ जनाको लाश भेटिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले जानकारी दिए। टिप्परमा करिब ३९ जना सवार रहेको भनिएपनि ठ्याक्कै कति जना सवार थिए भन्ने एकिन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरिएको र बाकिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जानकारी दिएको छ। करिब ३० जना भन्दा बढी वेपत्ता भएको प्रहरीले जनाएको छ।

कालिकोटको रास्कोट जानका लागि भारतबाट आएकाहरुलाई टिप्परमा राखेर लगिदैं थियो। क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ। घटनाको थप विवरण आउन बाँकी छ।

अन्य सम्बन्धित समाचार:  बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु