कोरोना साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकमा कम हुनेः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कोरोनालाई समाप्त पार्ने विषयमा नै केन्द्रित रहेकोे उल्लेख गरेका छन्। सांसदहरुले कोरोना नियन्त्रणको सवालमा सरकार उदासीन रहेको भन्ने प्रश्नको जवाफ बुधबारको संसद बैठक मार्फत प्रधानमन्त्री ओलीले बजेटमा केन्द्रित हुँदै दिए।

उनले सरकारको सारा ध्यान कोरोना नियन्त्रणमा भएको र बजेट स्वास्थ्यमै केन्द्रित भएको पनि उल्लेख गरेविश्व स्वास्थ्य संगठनको आधारमा हेर्ने हो भने साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने उनले बताए।

त्यसो नहुन पनि सक्छ तर त्यो आँकलन विश्व स्वास्थ्य संठनको हो भन्दै उनले विदेबाट आउने व्यक्तिहरुको संख्या बढेसँगै यो बढ्न सक्ने पनि बताए।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलाले प्रचण्ड–माधव समुह संकटमाः महेश बस्नेत