काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैबाट पनि हेपिन तयार नभएको र नहेपिने भन्दै सवैलाई प्रष्ट हुन आग्रह गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा यसअघि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालमाथि धम्की नदिन पनि सचेत गराएका छन्।
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तिब्बत प्रकरणमा जोडेर नेपालमाथि धम्की दिएको भन्दै सांसदले प्रश्न उठाएपछि जवाफमा ओलीले भने, उहाँले बोल्नुभएको हो भने जायज होइन। त्यसरी नेपाललाई धम्काउन खोजेको हो भने उचित होइन। अहिले त्यत्ति भनौं। उनी केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइनन्।’ ओलीको भनाई थियो।
“बोलेको र धम्की दिएको हो भने निन्दनीय विषय हो। नेपाल हेपिन तयार छैन”-प्रधानमन्त्री
उनले अघि थपे, ‘बोलेको र धम्की दिएको हो भने निन्दनीय विषय हो। नेपाल हेपिन तयार छैन। हेपिन मान्दैन भन्ने योगीलाई स्मरण गराउन चाहन्छु।’ उनले भने।
यसैगरी बैठकमा सीमा बिवाद अन्गर्तग कालापानी बाहेकका अन्य सीमाका बारेमा उठेका प्रश्नको उत्तर दिने क्रममा
‘राष्ट्रियताको मामला, भूमि फिर्ता ल्याउने मामलामा यो सरकारलाई शंका गर्नुपर्ने कुनै कारण छ र? भन्दै ओलीले प्रतिप्रश्न गरे।
उनले थपे, सरकार लहैलहैमा दौडदैन्। जे देशको हितका पक्षमा स्वाभीमान, स्वाधीनता अखण्डताको पक्षमा छ, अध्ययन गरेर हेरेर निष्कर्षमा पुग्छ। पुगेपछि दृढतापूर्वक उभिन्छ।’
‘कूटनीतिक वार्ताको माधयमबाट समाधान खोज्दैछौ-“प्रधानमन्त्री
अन्य स्थानमा कालापानीमा जसरी सेना नै राखेरै कब्जा जमाएको नभई विवादित मात्र भएको भन्दै उनले हाम्रो भूमि लिम्पियाधुरा, कालापानीमात्र होइन अरु पनि ल्याउँछौं भने। कालापानीदेखि लिम्पियाधुरासम्मको भूमि कब्जा गरेको, सेना राखेर कब्जा जमाएको विषय उचित भएन भनेर भारतलाई भनिरहेका उनले बताए
कूटनीतिक वार्ताको माधयमबाट समाधान खोज्दैछौ भन्दै प्रधानमन्त्री ओलीले सत्यले जित्छ हामीसँग प्रमाण छ भने।