सञ्चार माध्यममाथि रुष्ट प्रधानमन्त्री भन्छन्ः “भ्रष्टाचारबाहेक केही नदेख्ने?”

काठमाडौं, जेठ। सञ्चार माध्यममाथि फेरि रुष्ट हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एकथरी सञ्चारमाध्यमको ध्यान नै खोट देखाउनमा नै तल्लीन रहेको आरोप लगाए। बुधबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०७७ र ७८ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सञ्चारमाध्यम प्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

सांसदहरुले स्वास्थ्य सामग्री खरिदमा चरम भ्रष्टाचार भएको खबरहरु एकपछि अर्को गर्दै प्रशारण गरेपछि ति मिडियाविरुद्ध लक्षित हुँदै प्रधानमन्त्रीले आक्रोश पोखे।

एकथरी मिडियाको धर्म नै राम्रो नदेखाउने भएको निर्णय सुनाउँदे उनले ‘स्वास्थ्य सामग्री किन्दा पनि भ्रष्टाचार, सेनालाई दिँदा पनि भ्रष्टाचार भयो भन्ने गरेकोमा असन्तुष्टि व्यक्त गरे।

आफ्नो नेतृत्वको सरकारमाथि लागेको भ्रष्टाचार आरोपको बचाउ गर्दै प्रधानमन्त्रीले ‘खरिद नगर्दा पनि भएन, गर्दा पनि अनेक कूरा आँउछ भने। जे गर्दा पनि भ्रष्टाचारबाहेक केही नदेख्ने भन्दै उनले केही समूह र व्यक्तिको उक्साहटमा ति िमिडिया चलेको भन्दै घुमाउरो भाषाको प्रयोग गरे।

अन्य सम्बन्धित समाचार:  निर्मला पन्तका हत्यारालाई कानूनी दायरामा छिट्टै ल्याइने