काठमाडौं। सांसद सरिता गिरीलाई समाजवादी पार्टीले व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार विज्ञप्ति निकालेर गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्।पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ।
सांसद सरिता गिरीले बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन्। उनको सो प्रस्तावको विरोध गर्दै पार्टीले पनि चेतावनी सहितको पत्र निकालेको हो।