आँखा अस्पताललाई पिपिई सेट हस्तान्तरण 

 

शुभ नारायण यादव, सप्तरी। सप्तरीको राजविराजस्थित सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालयलाई कोभिड–१९ को सुरक्षित उपचार गर्न सहयोग पुग्न पिपिई सेट हस्तान्तरण गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ का प्रदेश सदस्य महेश यादवले बुधबार सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालय राजविराजलाई सो पिपिई सेट हस्तान्तरण गरेको हो।

राजविराज नगरपालिका वडा नं ९ का वडाध्यक्ष शम्भु प्रसाद यादव लालीले पिपिई सेट बाट स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ बिरामीको उपचारमा सहयोग पुग्ने बताए। उनले विश्व व्यापी रुपमा फैलिरहेको कोरोना महामारी बाट बच्न नियमित रुपमा साबुनपानीले हात धुनु पर्ने, मास्कको प्रयोग र सामाजिक दूरी कायम गरी दैनिक काम काज गर्न आग्रह गरेका थिए।

अन्य सम्बन्धित समाचार:  वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

यसै गरी सगरमाथा चौधरी आँखा अस्पताल शाखा कार्यालय राजविराजका इन्चार्ज डा राम कुमार झाले लकडाउनको बेला समेत दैनिक ७०÷८० वटा सम्म आखाँको बिरामीको उपचार गरी रहेको बताए। उनले बिरामीको चाप बढेको कारण सरुवा रोग कोरोनावाट बच्न अस्पताललाई पिपिई सेट हस्तान्तरण गरेकोमा धन्यवाद दिए।

हस्तान्तरण कार्यक्रममा नेकपाका प्रदेश, जिल्ला, स्थानीय स्तरका नेता तथा कार्यकर्ता, पत्रकार,स्थानियवासी लगायतको उपस्थिति रहेको थियो।