कुवेतबाट करिब ३ सय महिला श्रमिक नेपाल आँउदै

काठमाडौं। कुवेतबाट करिब ३ सय महिला श्रमिक नेपाल आउने भएका छन्। कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो। उनीहरु बिहीबार नेपाल आईपुग्ने छन्।

उनीहरु आमाफी प्रक्रिया सामेल भएकाहरु हुन्। सबै प्रक्रिया टुंग्याएर भोलिका लागि दुई वटा उडान तय भएको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन्। करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन्।