नेपालका लागि उड्यो जजिरा एअरवेजको जहाज

योगेन्द्र योगी

दोहा। कुवेतबाट अल जजिरा एयरवेजको पहिलो जहाज उडेको छ। लामो समय देखि कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर सेल्टरमा बसेका २९९१ जना नेपालीहरू मध्ये दुई जहाजमा ११ जना बालबालिका सहित ३६६  जना नेपाली महिलाहरू छन्।

पहिलो जहाज कुवेतको समय अनुसार बिहान ३ भनिए पनि ढिलो गरि ४:२५ मिनेट जादा उडेको हो भने  दोस्रो जहाज पनि केही ढिलो गरि ६ बजे उडान गर्ने तयारीमा रहेको छ। अहिले दोश्रो जहाजको पनि बोडिङ्ग भैरहेको छ।

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची कुवेतस्थित नेपाली दूतावासले परराष्ट्रलाई बुझाएको थियो। यसरी फर्काइने नेपालीहरूको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि उडानको पनि निशुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा नयाँ प्रविधि: ‘रोबो भ्यान’ बन्दै

उनीहरु यतिबेला कुवेत सरकारले निर्माण गरेको सेल्टरमा बसिरहेका छन्। कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ  नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई पठाई दिने भनेको थियो। विविध कारणले घर फर्कनै पर्ने करिव ४ हजार नेपालीहरूले दूतावासमा फारम भरेको दूतावास स्रोतले जनाएको छ।

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएका थिए ।