भारतमा एकैदिन ११ हजार भन्दा बढी संक्रमित

कोरोना भारत

काठमाडौँ। भारतमा कोरोना संक्रमण दर तीब्र गतिमा फैलिदै गएको छ।

पछिल्लो एक दिनमा मात्रै थप ११ हजार १५६ जना नयाँ संक्रमित भेटिएसँगै कुल संक्रमित २ लाख ८७ हजार नाघेको छ।

यस्तै मृत्युदर पनि दैनिक बढीरहेको छ। हालसम्म कुल ८ हजार १ सय ७ जनाले ज्यान गुमाइसकेका छन्।

महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्यका रुपमा रहेको छ।

उक्त राज्यमा हालसम्म ९४ हजारभन्दा बढी संक्रमित छन् भने ३ हजार ४ सय ३८ जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  जापानमा ६ प्रान्तमा आपतकाल