टिपर दुर्घटना अपडेट: तीनको मृत्यु २ बेपत्ता

काठमाडौं। भारतवाट घर फर्किएका ३९ जनालाई क्वारेन्टिनमा पुर्‍याउन जाँदै गरेको टिपर मंगलबार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। कालिकोटमा टिपर दुर्घटना हुँदा काठमाडौं शिक्षण अस्पतालमा ल्याइएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो। उनको पहिचान खुल्न बाँकी छ।

टिप्पर कर्णाली नदीम खसेर दुर्घटना भएको हो

बुधबार नै दुर्घटनास्थलमा दुई जनाको मृत्यु भएको थियो। टिपर दुर्घटना हुँदा बेपत्ता दुई जनाको खोजी भइरहेको छ। अन्य भने सम्पर्कमा आएका छन। दुर्घटनामा घाइते छ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। लालिघाट बजारबाट रास्कोट नगरपालिकाका लागि छुटेको टिप्पर कर्णाली नदीम खसेर दुर्घटना भएको हो।

अन्य सम्बन्धित समाचार:  नेकपा नाम विवादमा सर्वोच्चको फैसला आज