कोरोना भाइरसले चार लाख ज्यादाको ज्यान लियो

काठमाडौं। विश्वभर (काेभिड-१९) कोरोना भाइरसबाट संक्रमित भएर निकोहरूको संख्या बढिरहेको छ। संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३७ लाख ७८ हजार २ सय १८ जना भन्दा बढि छन्।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७४ लाख ५१ हजार नाघेको छ भने मृतकको संख्या ४ लाख १९ हजार ९ सय ३ पुगेकाे छ।

याे समाचार तयार पार्दासम्मकाे इन्फोका अनुसार ६२ लाख ६१ हजार ४ सय ४४ जनामा सक्रिय केशमध्ये ५३ हजार ८ सय ८७ भन्दा बढि जनाको अवस्था गम्भीर छ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ। २० लाख ६६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख १५ हजार १३० जनाले ज्यान गुमाइसकेका छन् भने ८ लाख ८ हजार भन्दा बढि जना निकाे भइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  नेकपा कसको?: नामको विवादमा फैसला मिति सर्‍यो

भारतमा संक्रमित संख्या हालसम्म २ लाख ८७ हजार १५५ नाघेर विश्वकाे छैठाैँ नम्बरमा छ। संक्रमित मध्ये  ८ हजार १०७ जनाको ज्यान गइसकेको छ। जसमध्ये १ लाख ४० हजार ९७९ जना निको भएका छन्।

नेपालमा भाइरसको संक्रमण ४ हजार ३६४ पुगेको छ भने ६७४ जना निको भइसकेका छन्। अहिलेसम्म मृतकको संख्या १५ पुगेको छ भने ३ हजार ६७५ जना उपचाररत छन् ।