सरकारले सार्वजनिक गर्यो विदेशमा रहेका नेपाली ल्याउने तालिका

काठमाडौँ। कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्न थालेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन्।

नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन्। पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार २४ वटासम्म विदेशी उडान पनि हुनेछन्।

यस्तै तत्कालका लागि नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन्। साथै २४ वटासम्म विदेशी उडान पनि हुने तालिकामा उल्लेख छ। यी सबै उडान हुँदा करिब ११–१२ हजार नेपालीहरु आउने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।

स्थितिको थप विश्लेषण गरी थप उडानका लागि आवश्यक निर्णय गरिने उनको भनाइ थियो।

उडान तालिका

अन्य सम्बन्धित समाचार:  आयोगले अन्याय गरे पनि सर्वोच्चले ढिलै भएपनि न्याय दियो: ऋषिराम कट्टेल