जजिरा एयरवेजको जहाज काठमाडौँ विमानस्थलमा अवतरण

काठमाडौँ। कुवेतबाट नेपालीका लागि उडेको जजिरा एयरवेजको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ। कुवेतमा आममाफी पाएपछि घर फर्किएका नेपालीलाई लिएर आएको पहिलो जहाज ४ : २५ बजे उडेको थियो। यस्तै ११ बजे अवतरण भएको विमानस्थल श्रोतले जनाएको छ।

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची कुवेतस्थित नेपाली दूतावासले परराष्ट्रलाई बुझाएको थियो। यसरी फर्काइने नेपालीहरूको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि उडानको पनि निशुल्क व्यवस्था गरिएको कुवेत सरकारले जनाएको छ।

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गत अप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएका थिए।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो !

कुवेतमा आममाफीमा सहभागी १५० जना महिला यो जहाजमा आएका छन्। उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ। होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ।

तर अहिले फर्कने कतिपय गर्भवतीहरु पनि छन्। होल्डिङ सेन्टरको स्वास्थ्य यूनिटले तत्कालै यात्रा गर्न नसक्ने भन्ने यकिन गरेमा उनीहरुलाई काठमाडौँ कै आपतकालीन क्वरेण्टीनमा राखिने छ। आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाडौँमा पनि क्वरेण्टीनको व्यवस्था गरेको छ।

तर त्यसका लागि यात्रा गर्न नसक्ने कुरा स्वास्थ्य यूनिटले प्रमाणित गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सम्बन्धित पालिकामा पनि विदेशबाट घर फर्कनेले १४ दिन क्वरेण्टीनमा बस्न पर्नेछ। त्यसपछि मात्रै आफ्नो घर जान पाइनेछ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली झापा पुगे

त्रिभुवन विमानस्थलका अनुसार दोस्रो जहाज १ बजेर ३० मिनेटमा काठमाडौँ आइपुग्ने छ।