पारदर्शिताको माग गर्नेहरुमाथी प्रहरीको अश्रुग्यास, लठ्ठि र पानीको फोहोरा

काठमाडौँ। सरकारको पछिल्लो कार्यशैली प्रतिको असन्तुष्टि बिहीबार बालुवाटारका सडकमा देखिएको छ।

कोरोना महामारीविरुद्ध सरकारको काम गराइ र भ्रष्टाचारजन्य गतिविधिका विरुद्ध स्वतन्त्र नागरिकहरुले प्रधानमन्त्री निवास आसपासको क्षेत्रमा व्यापक प्रदर्शन गरेका छन्।

अब त अत्ति भयो, खर्च होइन उपलब्धी देखाउ, न पारदर्शिता न दुरदर्शिता सधैँ कस्तो लाचारिता, लाज लाग्दैन हिसाब खै, क्वारेन्टिन कि कालघर जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शनकारीले बोकिरहेका थिए।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको काम ठिक नभएको, औषधी तथा उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनु पर्ने, आरडिटी परीक्षण रोक्नु पर्ने तथा अहिले थपिएका कर र समयसीमा खारेज गर्नु पर्ने माग गर्दै प्रदर्शनमा युवाहरु उत्रिएका हुन्।

अन्य सम्बन्धित समाचार:  तारकेश्वरमा फेरि देखियाे बर्डफ्लु

हजारौँको संख्यामा स्वस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएपनि भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्नुपरेको थियो।