उदयपुरमा थप चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

उदयपुर। उदयपुरमा थप चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाईएको छ। बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बिराटनगर प्रयोगशालाले गरेको परिक्षणले सक्रमण पुष्टि भएको र उनीहरु सवै भारतबाट फर्किएका हुन्। योसँगै उदयपुरमा संक्रमितको संख्या ४० पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय उदपुरका फोकल पर्सन लौकाजी राईका अनुसार उदयपुर गढी गाउँपालिका–५ का २५ वर्षीय, कटारी नगरपालिका २६ वर्षिय र त्रियुगा नगरपालिका उमेर नखुलेका २ सहित ४ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरुलाई भारतबाट आउनासाथ क्वारेन्टिनमा राखिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप, दोश्रो चरणको अभियान शुरु