असावधानीले क्वारेन्टाईनमा बसेकालाई घर पठाएपछि

काठमाडौं।
असावधानीका कारण गोरखामा परिक्षणको रिपोर्ट नआँउदै क्वारेन्टाईनमा बसेकाहरुलाई घर पठाईएको खुलेको छ। केही दिन अघिमात्र चितवन र भारतबाट आएका तीन पुरुषको नमूना परिक्षणको अन्तिम नतिजा नआँउदै घर पठाईए पछि उनीहरुको कारण समुदायमा फैलन सक्ने संक्रमणको जोखिमलाई लिएर जनस्वाथ्यका जानकारहरुले चिन्ता व्यक्त गरेका छन्।

ति सवै व्यक्तिलाई बुधबार मात्र कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। गोरखामा क्वारेन्टाईनमा बसेकाहरुलाई कोरोना संक्रमण पुष्टि नहुँदै घर पठाएको थियो। ति सबै जनालाई गाउँपालिकाको स्वास्थ्य महाशाखाले रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको थियो।

बुधबार भीमसेन थापा गाउँपालिकाको मसेल, बगुवा र अश्राङ र झिंगटेका एक र एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जेठ २१ गते भीमसेन थापा गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा बसेका ११ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक बस्दै