धादिङमा थप सात जना कोरोना भाइरस संक्रमण

काठमाडौं। धादिङमा थप सात जना कोरोना भाइरस संक्रमित थपिएका छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ। दुई साता अघि भारतबाट नेपाल आएका १२ जनामा क्वारेन्टाईनमा बसेको अवधिमा गरिएको परिक्षणमा संक्रमित भएको पाईएको हो।

भारतबाट आए लगतै उनीहरुलाई गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको थियो। आरडीटी विधिबाट गरिएको परीक्षणपछि पुनः ५५ जनामा गरिएको पीसीआर विधि परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको गाँउपालिकाले बताएको छ।

“पीसीआर विधि परीक्षणमा सात जनामा संक्रमण पुष्टि”

गाउँपालिकाका सातवटै वडामा एकरएक वटा क्वारेन्टिन बनाइएको छ। जसमध्ये वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनका ट जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर पठाइएको थियो।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका चार अस्पतालद्वारा थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा

संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने अध्यक्ष थापाले जानकारी दिए।