सरकार थप प्रभावकारी हुनुपर्ने माग गर्दै धर्ना

पोखरा। पोखरामा युवाहरुले कोरोना नियन्त्रणमा सरकार थप प्रभावकारी हुनुपर्ने माग गर्दै शान्तिपूर्ण धर्ना दिएका छन्। धर्नामा सहभागीहरुले औषधि र उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, ‘आरडीटी’ परीक्षण रोक्नुपर्ने, अनावश्यक करको बोझ खारेज गर्नुपर्नेलगायतका माग राखेका छन्। करिब दुई हजार युवाले धर्नामा सहभागिता जनाएका थिए। धर्नामा बसेकाहरुलाई एक घन्टापछि प्रहरीले तितरबितर पारेको थियो।