“यो मन त मेरो नेपाली हो,” टिकटकमा हिमानी

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं।

केहीदिन अघिमात्र सविन राईको स्वरमा रहेको “गुराँसको फेदमूनि सम्झनाको छाँया, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया…” बोलको गीतमा दुई छोरीका साथ बडो सालिन र भद्र शैलीमा टिकटकमा प्रस्तुत भएकी पूर्वयुवराज्ञी हिमानी शाह अहिले फेरि राष्ट्रियता जगाउने सोचका साथ “यो मन त मेरो नेपाली हो…” का साथ देखापरेकी छिन्।

सामाजिक सञ्जालमा हिमानीको टिकटक भिडियोलाई प्रयोगकर्ताहरुले अधिक रुचाएको आभाष गर्न सकिन्थ्यो। ‘यो मन त मेरो नेपाली हो’ नामक बोलको गीतमा पनि उनलाई छोरीहरुले साथ दिएका छन्।

अन्य सम्बन्धित समाचार:  कमेडी च्याम्पियन सिजन–२ आजबाट