लकडाउनको मोडालिटीमो हेरफेर,डिपार्टमेन्ट स्टोर खुला गर्ने

काठमाडौँ। नेपालमा लकडाउनको मोडालिटी हेरफेर गरिएको छ। लडकाउन खुकुलो पार्दै डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरिएको छ यद्यपि सपिङ मल खुला हुने छैनन्।

यस्तै मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइएको छ। साइकल र पैदल यात्रा समेत खुला गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन्।

सबै प्रकारका ढुवानी सेवा पनि जोर–बिजोर प्रणालीमा निजी सवारी साधनसमेत संचालन गर्न सकिने बताइएको छ। नर्सरी र व्यवसाय उद्यम तथा विकास आयोजनाका सबै काम समेत खुला गर्ने जानकारी दिइएको छ।

यस्तै भीडभाडको अवस्थालाई मध्यनजर गर्दै कार्यालयहरु दुई सिफ्टमा संचालन गरिने डा. खतिवडाले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीलाई विश्वासको मतबाट असफल बनाउने कांग्रेसको निर्णय