मृत्यु भइसकेका अर्घाखाँचीका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ

काठमाडौँ। क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको छ।

अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका वडा नम्बर–४ का पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिईन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनको नतिजा पोजेटिभ देखिएको हो। उनको स्वाब हराएपछी पुनः स्वाब लिईएको थियो।

अन्य सम्बन्धित समाचार:  आईसीयू कुर्दाकुर्दै ५ जना संक्रमितको मृत्यु