मन्त्रिपरिषद् बैठक: असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा चल्ने

गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी ‘प्रोटोकल पालना गर्नुपर्ने

काठमाडौं। असार १ गतेदेखि कार्यालयहरु दुई ‘सिफ्ट’मा चलाउने सरकारले निर्णय गरेको छ। लकडाउन’ व्यवस्थापन गर्नेक्रममा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन व्यवस्थापनसम्बन्धी पहिलो २१ दिने योजना सुनाए।

अब असार १ गतेदेखि सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी ‘प्रोटोकल’ त्यसरी सञ्चालीत हुने कार्यालयहरुले पालना गर्नुपर्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सुनको मुल्य बढ्यो !

सरकारले ‘प्याकिङ’ र ‘टेक अवे’ सेवा दिनेगरी रेस्टुरेन्टहरु खुला गर्ने तर होटल तथा ‘नाइट’ क्लबहरु खुल्न नदिइने पनि जनाएको छ।

“मोटरसाइकलमा एकजनाभन्दा धेरै चढ्न नपाइने”

मोटरसाइकलमा एकजनाभन्दा धेरै चढ्न नपाइने र चारपांग्रे निजी सवारी–साधनमा चालकबाहेक दुईजना चढ्न पाउने तथा सबै प्रकारका ढुवानी खुला गरिने जनाएको छ।

यस्तै, सरकारले नेपाल र भारतबीचको सीमा विवाद सम्बन्धमा प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन गरेको छ।

नीति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरिएको जानकारी सरकारका प्रवक्ता डा. खतिवडाले दिए।