मानिसका हुलले कोभिड पिसिआर ट्रस्ट खडा गर्न सक्ने: डा. तोसिमा कार्की

काठमाडौं।

पिसिआरको दायरा बढाएर कोरोना सङ्क्रमणको अवस्था पत्ता लगाउन विभिन्न किसिमका कामहरू गर्न सकिने डाक्टर तोसिमा कार्कीको सुझाव रहेको छ। उनले पिसि आर किटहरू मगाएर सरकारलाई हस्तान्तरण गर्न सकिने भन्दै किट किन्न आर्थिक सहयोग गर्न सकिने सुझाव दिएकी छिन्। उनले सरकारलाई नै सहयोग गर्न नसके एक अर्कालाई सहयोग गर्न सकिने धारणा व्यक्त गरेकी छिन्।

सरकार सँगको पूर्वाग्रहीले आफू र आफ्नो समाजमा रोग नफैलाउन भन्दै उनले ति लामे ताँती मानिसका हुलले बरु मिलेर एउटा कोभिड पिसिआर ट्रस्ट खडा गर्न सक्ने र आफ्नो समुदायमा केही पहल गर्न सक्ने भन्दै किनिएका र उपलब्ध भएका किटहरुको सही सदुपयोगकोलागि पहल गर्न सकिने र अनावश्यक रुपमा खर्च हुन दिन नहुने सुझाव उनको छ।

अन्य सम्बन्धित समाचार:  आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

यति गर्न नसके विभिन्न माध्यमबाट सल्लाह दिन सक्ने भन्दै खबरदारीको खाँचो रहेको औंल्याएकी छिन्। यस अभियानकालागि सञ्चारकर्मी, समाजका अगुवाहरूले समझदार भूमिका खेल्न सक्ने भन्दै सरकारसँग हिसाब मागेर खर्च कहाँ कसरी र के के भयो भनेर सोध्न पर्ने तर्क अघि सारेकी छिन्।

डा कार्कीले वास्तविकताको खोजी गर्दै यर्थाथ पत्ता लगाऔँ र ठगहरूलाई नङ्याऔँ तर समग्र जनताकै स्वास्थ्यलाई थप धरापमा पार्ने तरिकाको अन्तः गर्न आग्रह गरेकी छिन्। यो पनि गर्न नसकेको खण्डमा पिसिआर र आरडिटि बारे अध्ययन गर्दै दुवै परिक्षण विधिको महत्व उपयोग र कमजोरीबारे छलफल गर्न सुझाएकी छिन्।

सिकेको कुरा सिकाऔँ, जन चेतना जगाऔँ भन्दै उनले यदि केही पनि गर्न नसकेको खण्डमा घरमै बस्न आग्रह गरेकी छिन्। उनले पछिल्लो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सडक धर्ना प्रति लक्षित हुँदै सडकमा ठूलो ठूलो हुल बनाएर निस्कने र महामारीलाई अझ सल्काएर सरकार, राज्य, र समग्र देशको स्वास्थ्य प्रणालीले खेप्नै नसक्ने भारको बिजारोपण गर्नु ठीक नभएको उनले बताएकी छिन्।

अन्य सम्बन्धित समाचार:  कोभिडविरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ औषधि सार्वजनिक

पिसिआर बढाउन सरकारमाथि जाई लाग्ने मानिसका अनियन्त्रित हुलले महामारीको प्रकोप सल्काई देशलाई थप नबनाओस् भन्दै यसरी निस्किएको हुलमा कोरोनाको मुहान फुट्यो भने न नेपालका स्वास्थ्यकर्मी न देशको स्वास्थ्य व्यवस्था दुवैले थाम्न नसक्ने उनको सुझाव छ।