सरकारले तोकेको भन्दा सस्तो भाडादरमा नेपाली स्वदेश फर्काउँदै दूतावास

योगेन्द्र योगी 

दोहा। नेपाल सरकारले आफ्नो नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन तोकेको भाडादर महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरूलाई स्वदेश फर्काउन लागेको जनाएको छ।

दूतावासका अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब नेपाली रुपैयाँ ६२ हजार धेरै महँगो भएको र  पीडितहरू नेपाली श्रमिकहरूले महँगो भाडा तिर्न गारो हुने भन्दै सस्तोदरमा नेपाल पठाउन तयारी थालेको छ।

ओमानबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन। अमेरिकी २९९ डलर अर्थात करिब ३४ हजार नेपाली रुपैयाँमा  स्वदेश फर्कन सक्ने दूतावासले जनाएको छ।

नेपाल सरकारको सूची अनुसार ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख गरिएको थियो। ओमानबाट पहिलो जहाज असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरू स्वदेश दूतावासले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंमा आइपुग्यो मेलम्चीको पानी, पानी हेर्नेहरूको भिड (फोटो फिचर)

त्यसैगरी,  दोस्रो उडान आउँदो जुन २१ अर्थात असर ८ मा सलाम एयर मार्फतै हुने गरी तय भएको दूतावासले जनाएको छ। उक्त उडानको पनि एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ।

सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ हुनेहरूले सलाम एयरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न सकिने दूतावासले जनाएको छ।

कोरोनाको पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वारेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ।