भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ३ लाखको नजिक पुगेको छ। यस्तै ८ हजार ५ सय जनाले ज्यान गुमाइसकेका छ। पछिल्लो २४ घण्टामा मात्रै ११ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।
सबैैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा ९७ हजार भन्दा धेरै संक्रमित छन्। यस्तै उक्त राज्यमा ३ हजार ५ सय ९० जनाले ज्यान गुमाइसकेका छन्।
भारत अहिले विश्वकै सबैभन्दा धेरै प्रभावित मुलुकहरुमध्ये चौथो स्थानमा छ। यहाँभन्दा धेरै प्रभावित मुलुकहरु अमेरिका,ब्राजिल र रसिया छन्।