मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागु

काठमाडौं। सरकारले शुक्रवारदेखी जोर–विजोर प्रणाली लागु गरेको छ। लामो समयको लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गरेसँगै सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने भएको छ।

चार पाँग्रे, मोटरसाइकल लगायत नीजि सवारी साधनमा जोर विजोर लागु हुने भएको हो। जोर मितिमा जोर र विजोर मितिमा सवारी चलाउन पाइने महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

शुक्रबारबाट देशभर निजी सवारीमा जोर विजोर प्रणाली लागु भएको ढकालले बताए। एसएसपी ढकालका अनुसार उपत्यकाका ३ जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिनेछ भने एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छैन्।

यस्तै अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन समेत रोक लगाईएको छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठक बस्दै