क्वारेन्टिनमा रहेका ४६ जना एकै पटक भागे

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

पर्सा। क्वारेन्टिनमा रहेका ४६ जना एकै पटक भागेका छन्। पर्साको धोबनी गाउँपालिकाको २८ दिनदेखि क्वारेन्टिनमा बसिरहेकाहरु स्वाब परीक्षण रिपोर्ट नआएको र व्यवस्थापन राम्रो नभएको भन्दै गएराति भागेका हुन्।

पीसीआरका लागि एक साताअघि स्वाब संकलन गरिएपनि रिपोर्ट नआएको र क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै उनीहरु क्वारेन्टिन छाडेर हिँडेको बताइएको छ।

तिमध्ये ३२ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखि सकिएको इलका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। अन्यको खोजी भइरहेको छ। भारतबाट फर्केर क्वारेन्टिनमा बस्नेहरु भागेपछि स्थानीयमा भने त्रासको अवस्था छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु