दाङ ।
त्रिशुल प्रहार गरी दाङमा एक युवकको हत्या भएको छ। स्थानीय बालीराम ओलीले बबई गाउँपालिका ३ धनबाँस गुन्द्री बजारका नारायण डाँगीको त्रिशुल प्रहार गरि हत्या गरेका हुन्।
त्रिशुल प्रहारबाट गम्भिर घाईते डाँगीको अस्पताल लैजादै गर्दा वाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबवहादुर सिंहले जानकारी दिए। ओलीले गाउँमा रहेको मन्दिरको त्रिशुल उप्काएर डाँगीलाई प्रहार गरेका हुन्।
हत्याको कारण खुलेको छै । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। ओलीले आफैंलाई पनि त्रिशुल प्रहार गरी घाइते बनाएका छन। उनको तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।