स्वास्थ्य समस्यापछि नगर प्रमुख मलासीलाई काठमाडौं ल्याईयो

काठमाडौ।
स्वासप्रस्वासमा समस्या आएपछि दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको उपचारकोलागि नेपाली सेनाकोहेलिकप्टरमा काठमाडौँ ल्याईएको छ। भारतबाट फर्किएका नागरिककलाई व्यवस्थीत क्वारेन्टाईनमा राख्न सक्रिय रहेकी मलासीलाई
एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको परिवारले उल्लेख गरेको छ।

अर्धचेत अवस्थामै उनलाई शुक्रबार बिहान काठमाडौँ ल्याएर उपचार हुँदै छ। चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको बताईएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल समुहका चार नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासमा