अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीका कारण प्रभावित

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। अमेरिकी अर्थतन्त्र कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको छ। कोरोनाको विश्वव्यापी मन्दीका कारण अर्थतन्त्रमा गिरावट आएको अमेरिकी केन्द्रीय बैंकले जनाएको छ। गतहप्ता अमेरिकी सेयर बजारमा करिब ७ प्रतिशतले गिरावट आएसँगै केन्द्रीय बैंकले यस्तो चिन्ता व्यक्त गरेको हो।

केन्द्रीय बैंकले कोरोना महामारीका कारण निरन्तर ओरोलो लागेको सेयर बजार सुधारका लागि तत्कालै ठोस कदम चाल्नुपर्ने सुझाव समेत दिएको छ। बढ्दो महामारीका कारण विश्व बजार प्रभावमा परेकाले उर्जा र यातायात क्षेत्रको सेयर बजारमा सबैभन्दा बढी गिरावट आएको र जसको सोझो असर सेयर झन् घट्ने क्रममा रहेकाले थप चिन्ताको विषय बनेको केन्द्रीय बैंकले जनाएको छ। यता युरोपेली र एसियाली सेयर बजार पनि प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा

सरकारले कोरोना नियन्त्रणका प्रभावकारी उपाय नअपनाएकाले सेयर बजार उथलपुथल भएको लगानीकर्ताहरुले आरोप लगाएका छन्। गत हप्ता मात्र अमेरिकामा डेढ लाख मानिस बेरोजगार भएको बताइएको थियो।

बैंक नीति निर्माताहरुले यो वर्षको अन्त्सम्ममा अमेरिकामा बेरोजगारको दर ९ प्रतिशतसम्म पुग्ने आंकलन गरेका छन्।

यसैबीच अमेरिकामा कामबाट निकालिएर बेरोजगारी भत्ताको दावी गर्नेहरुको संख्या १५ लाख पुगेको छ।

अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको संख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन्।

अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन्। अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुँदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो।

श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निस्काशित हुनेहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ।

अन्य सम्बन्धित समाचार:  साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

विषेश गरेर रेष्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निस्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन्।