दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकको शिष्टाचार बिदाइ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरे।

सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राजदूत पार्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरे।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु