माझी बस्तीमा आगलागी, सात घर जले

 

श्याम गुप्ता, बारा।
बाराको कलैयामा शुक्रवार दिउँसो आगलागी हुँदा सात जनाको घर जलेर नष्ट भएको छ। दिउँसो करिब दुई बजेको समयमा कलैया उपमहानगरपालिका वडा नं ३ मोतिवागका स्थानीय बेल्दार माझीको खरको घरबाट आगलागी सुरु भएको हो।

बेल्दार माझीको घरमा रहेको चुल्होबाट आगो सल्केर उनी लगायत छरछिमेकका सात जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ। बेल्दार माझीका छिमेकीहरू बच्चा माझी , संतोष माझी , मनु माझी , महादेव माझी , बिकलदेव माझी र खेनारी माझीको घर जलेर पूर्ण रूपमा नष्ट भएको हो।

आगलागीबाट कुनै प्रकारको मानवीय क्षिित नभए पनि घरमा भएका अन्नपात र दुई वटा बाख्रा जलेर नष्ट भएको बारा प्रहरीले बताएको छ। दिउँसो सुरू भएको आगलागीलाई स्थानीय बासिन्दा , प्रहरी प्रशासन र कलैया उपमहानगरपालिकाकाको वारूण यन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो।

अन्य सम्बन्धित समाचार:  रौतहटबाट अवैध सालको काठ बरामद