विदेशबाट ल्याईने कामदारका निवदेनमाथि सुनुवाइ भएन

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

 

काठमाडौं। विदेशबाट उद्धार गरी ल्याईने कामदारको टिकट र अन्य खर्च आफैं व्यहोर्नुपर्ने भनी सरकारले गरेको आदेशविरुद्ध मानव अधिकारका लागि जनमञ्च (पिपुल्स फोरम) ले हालेको निवदेन उपर सुनुवाइ हुन सकेन।

सर्वाेच्च अदालतमा (कोभिड–१९) संक्रमणका कारण परेको पुरक निवेदनमाथि बिहीबार सर्वाेच्च अदालतमा कुनै सुनुवाइ हुन नसकेको हो।
जेठ २३ गते दर्ता भएको उक्त रिटमा पहिलो पटक २६ गते पेशी परेको थियो तर हेर्न नभ्याइने सूचीमा परेको थियो। न्यायाधीशद्वय दीपककुमार कार्की र विश्वम्भर प्रसाद श्रेष्ठको इजालासमा परेको उक्त रिटमाथि अब जेठ ३२ गते आइतवार सुनुवाइको पेशी तोकिएको छ।

पिपुल्स फोरमले (कोभिड– १९) का कारण विदेशमा रोजगारी गुमाएका कामदारको उद्धार र स्वास्थ्य उपचार निःशुल्क गर्न र क्षतिपूर्ति समेत प्रदान गर्न माग गरेको छ।

अन्य सम्बन्धित समाचार:  नेकपा नाम विवादको बहस सकियो, निर्णय फागुन २० गते सुनाउने

नेपाली कामदारको स्वास्थ्यको सुरक्षा, उपचार र रोजगारी गुमाएका कामदारको सोही गन्तव्य मुुलुकमा कामको विकल्प खोजी सहजिकरण गर्नुपर्ने उल्लेख गर्दै नीतिपत्रमा फोरमले वैदेशिक रोजगारीबाट फर्किने कामदारहरुलाई क्षतिपूर्ति नेपाल सरकारले दिनै पर्ने भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषमा ६ अर्ब रकम रहेको र त्यसमध्ये फर्किएको एक जना कामदारलाई कति रकम क्षतिपूर्ति वापत दिने भन्ने विषय कार्यविधि बनाएर तय गर्नुपर्ने सुझाव दिएको छ।
यो ।