दुवहीबाट आएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। दुवहीबाट आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट शुक्रबार उद्दार गरि ल्याईएका १५७ जना नेपाली मध्य एक २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए।

“विमानमा आएकी एक २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि”

आएकै दिन उनलाई भक्तपुरको खरीपाटी क्वारेन्टिनमा राखिए पछि दोस्रो दिन २४ जेठमा मुलपानीको क्वारेन्टिनमा सारिएको थियो। त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको अधिकारीले बताए।

“उनलाई आज शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा ल्याईएको छ”

उनलाई आज शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा ल्याईएको छ। उनी सँगै चार्टर फ्लाइटमा आएका अरु यात्रुको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कन्ट्याक्ट टेसिङ गर्ने भएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु