कृषि क्षेत्रको विकास बिना प्रदेश र देशको विकास असम्भव-साह

धनुषा। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम धनुषाले राधान र सम्बा मन्सुली चामलको ब्रान्डिङ्ग शुरु गरेको छ। शुक्रबार सर्लाहीको बयलबास–७ मा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद कुमार साहले चामलको ब्रान्डिङ्गको उद्घाटन गरेका हुन्। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य साहले कृषिमा निर्भर प्रदेश २ को विकासको लागि कृषि क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

साहले कृषि क्षेत्रको विकास बिना प्रदेश र देशको विकास सम्भव नरहेको थपे। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक डा. रामवरण यादवले कार्यक्रमको उद्येश्यबारे प्रकाश पारे। कार्यक्रममा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सभासद जंगीलाल राय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सचिव डा. विमल कुमार निभेल लगाएतको उपस्थीति थियो।

अन्य सम्बन्धित समाचार:  बाल विवाह गरेको भन्दै बेहुला र उनका बुवा पक्राउ