उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना पोजेटिभ

वीरगन्ज। शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना पोजेटिभ दखिएको छ। शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डा.उदयनारायण सिंहले बताए।

बालकमा निमोनिया र ज्वरो देखिएपछि आकस्मिक कक्षमै आरडीटी परिक्षण गरिएको थियो। आरडीटी पोजिटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा सारेर नारायणी अस्पतालको टोली बोलाइएको थियो। नारायणीको टोलीले गरेको आरडीटी परीक्षण पनि पोजिटिभ आएपछि थ्रोट स्वाब संकलन गरिएको थियो।

करिब २ बजे स्वास्थ्य अवस्था खराब भएपछि बालकलाई भेन्टिलेटरमा राखेर उपचार गरिएपनि साढे ४ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना सङ्क्रमितको घरमै मेयर