प्रदर्शनमा घुसपैठ भएको प्रहरीको भनाइ, चार जना विदेशी नागरिक पक्राउ

काठमाडौँ। माइतीघर मण्डलामा भइरहेको प्रदर्शनमा विदेशी घुसपैठ भएको प्रहरीले जनाएको छ। शनिबारको प्रदर्शनमा अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन सहित चार जना विदेशी नागरिक पक्राउ गरिएको प्रहरीले बताएको छ।

विगत एक हप्ता देखि विभिन्न मागहरु राख्दै सरकार विरोधी प्रदर्शन भइरहेको छ। पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

नेपालको संविधानमा विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने उल्लेख छ। उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी