राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता गर्छः अध्यक्ष दाहाल

काठमाडौं।
संविधान संशोधन गर्वको विषय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उल्लेख गरेका छन्।
उनले यसको अन्तिम निर्णयमा पुग्ने बेलासम्म सर्वसम्मति हुने विश्वास समेत व्यक्त गरे। शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्तावको दफावार छलफल क्रममा दाहालले राष्ट्रिय एकताको भावनाले नै देशले सफलता हासिल गर्ने धारणा व्यक्त गरे।

उनले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउने भन्दै कालापानी र सुस्तालाई विवादित छ भन्ने जान्दा–जान्दै भारतले एकतर्फी नक्सा सार्वजनिक गरेर सडक बनाएर विवाद निम्त्याएको उल्लेख गरे।

भारतले नक्सा प्रकाशित गरेपछि आफूहरुको अगाडि चुनौती खडा भएकै कारण पार्टी बैठकमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गर्नुपर्छ भन्ने निर्णय गरिएकोपनि उनले उल्लेख गरे।

अन्य सम्बन्धित समाचार:  २८ सांसदले गद्दारी गरेको ओलीको टिप्पणी— मिठाइ खानू लड्डू चाहिँ नखानू

नक्साको विवाद यसअघि पनि रहेको बताँउदै उनले सर्वदलीय बैठकमा पनि नक्सा जारी गर्नेसँगसँगै भारतसँग वार्ता गर्ने सम्बन्धमा निर्णय गरिएको भन्दै भारतसँग वाता हुनेमा आफू विश्वस्त रहेको बताए।

भारतसँग कुनै द्वन्द्व नचाहेको भन्दै उनले वार्ताबाटै सधैंका लागि समस्या समाधानको खोजीमा रहनु पर्ने बताए। उनले भारत र चीनसँग सुमधुर, मैत्रीसम्बन्ध कायम गर्न चाहेको पनि बताए।