महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट खोजी किन गरिएन?-उपेन्द्र यादव

काठमाडौ।

महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले जनतासँग कांग्रेस-कम्युनिष्टले माफी माग्नुपर्ने समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले बताएका छन्। महाकाली सन्धी हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै यादवले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने यादवले बताए।

शनिबार प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसद यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट खोजी किन गरिएन भन्ने प्रश्न गरे।

महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने एमालेका नेता केपी शर्मा ओली महाकाली सन्धी गर्न खुलेरै लागेका थिए। देउवा र ओलीतर्फ हेर्दै सांसद यादवले ‘राष्ट्रघात आफू गर्ने, मधेशीलाई राष्ट्रघाती भन्ने?’ प्रश्न पनि गरे।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीको सपथमा यसो भन्छन् बाबुराम

उनले महाकाली सन्धी गर्दा काली नदीको मुहानबारे किन उल्लेख नगरिएको भन्ने प्रश्न पनि गरेका छन्।  यादवले आन्तरिक एकता बलियो बनाउन सुझाव दिए। ‘