वीरगञ्जमा मृत्यु भएका एक जनाको पिसिआर पोजेटिभ

वीरगन्ज। वीरगञ्जमा बिहीवार मृत्यु भएका एक जनाको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ। बिहीवार वीरगञ्जको घण्टाघर छेउमा मृत अवस्थामा फेला परेका अन्दाजी २५ वर्षका पुरुषको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।

वीरगञ्जको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्जको घण्टाघर छेउमा मृत अवस्थामा फेला परेका ती पुरुषको शुक्रवार राती १० बजे पीसीआर परीक्षण पोजिटिभ आएको हो।

वीरगञ्जको घण्टाघर अगाडि खाली रहेको जग्गाको पार्किङ स्थलमा फेला परेको शवबाट बिहीवार नै स्बाव सङ्कलन गरी परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

परीक्षण पछि शुक्रबार राती १० बजे उक्त शवमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए। यसैबीच , पर्सामा एक जना तीन वर्षीय बालक र एक महिला सहित थप पाँच जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  उपचाररत २ कोरोना संक्रमितको मृत्यु