घाँटी थिच्ने व्यवस्था बन्द गरिनु पर्ने राष्ट्रपति ट्रम्प को धारणा

काठमाडौं। प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था सामान्य रुपमा बन्द गरिनु पर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प को धारणा रहेको छ।

फक्स न्यूजसंग कुरा गर्दै घाँटी थिच्न प्रतिबन्ध लगाउनु अति राम्रो हुने भन्दै उनले अझै केही अवस्थामा भने सो कार्य आवश्यक हुन सक्ने तर्क गरे।

अमेरिकी कांग्रेसमा डेमोक्र्याट्स र रिपब्लिकनहरुले प्रहरी सेवा सुधार सम्बन्धी विधेयकमा पनि घाँटी थिच्न प्रतिबन्ध लगाउने जोड दिएपछि राष्ट्रपति ट्रम्पको यस्तो भनाई बाहिर आएको हो।

प्रहरी नियन्त्रणका क्रममा अश्वेत अमेरिकी नागरिकको मृत्यु भएपछि चर्किएको विरोधपछि कतिपय अमेरिकी प्रहरीले घाँटी थिच्ने कार्यमा रोक लगाएका छन्।

गत मे २५ मा मिनेशोटाको मिनियापोलसमा निहत्था फ्लोइडलाई प्रहरीले नियन्त्रणका क्रममा घुँडाले थिचेपछि उनको मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  पूर्वी लद्दाखमा पुनः आफ्नो उपस्थिती बलियो पार्दै चीन

त्यसपछि प्रहरी ज्यादती  र रंगभेदविरुद्ध अमेरिकासहित विश्वभर प्रदर्शन भइरहेको छ। ट्रम्पमाथि प्रहरी प्रशासनमा सुधार गर्न चर्को दबाब छ ।