कोरोना संक्रमणले पाकिस्तानी प्रभावशाली क्रिकेटर अफ्रिदीलाई पनि छोडेन

इस्लामाबाद। कोरोना संक्रमणले पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीलाई पनि छोडेन। अफ्रिदीले टुवीट गर्दै आफूलाई कोरोनाभाइरसको संक्रमण भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “पछिल्लो बिहीबारदेखि म बिरामी हुँदै आएको थिए, र अचानक कोरोना संक्रमण पुष्टि भएको उनले सार्वजनिक गरेका छन्।” अफ्रिदीले आफूलाई सञ्चो होस् भनी प्रार्थना गरिदिन पनि आग्रह गरेका छन्। अफ्रिदी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्। हाल उनी खेलबाट बाहिर गईसकेका छन्। अर्थात उनले संन्यास लिइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  कैलालीमा एकैदिन नौ जना सङ्क्रमितको मृत्यु